काठमाडौं, मंसिर २५ । नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक प्रस्ताव पेस हुने भएको छ ।
आजको बैठकमा राजनीतिक प्रस्ताव पेस गरी आजैबाट छलफल सुरु गर्ने तयारी भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
केन्द्रीय कार्यसमितिमा उपसभापति बिमलेन्द्र निधि संयोजकत्वको समितिले राजनीतिक प्रस्ताव तयार पारेको हो । हिजोको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक नीतिसहितको प्रतिवेदन पारित गरेको थियो ।
सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वकोे समितिले आर्थिक नीति तयार पारेको थियो । यो नीति आउँदो शुक्रबारदेखि सुरू हुने महासमिति बैठकमा पेश गरिनेछ ।
काँग्रेस महासमिति बैठक यही मंसिर २८ देखि पुस ३ सम्म काठमाडौँमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्