काठमाडौं । मंसिर २२। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजेपछि बस्ने बैठकमा तल्लो तहको एकता प्रक्रियाका विषयमा छलफल हुने बताइएको छ ।
तल्लो तहका कमिटीको एकतासँगै स्थायी समिति बैठकको एजेन्डाका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।
यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपछि झन्डै साढे चार सयको केन्द्रीय समिति बने पनि कार्यविभाजन नहुँदा नेताहरु जिम्मेवारीविहीन हुँदै आएका छन् ।
जिम्मेवारी नपाएको भन्दै केन्द्रीय सदस्यहरुले पटक–पटक नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्