प्रधानमन्त्री र गृहमन्त्रीको डा. संग्रौलाले मागे राजीनामा

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दावीगर्दै राजिनामा माग गरेकी छन् ।
साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले तत्काल राजीनामा समेत माग गरिन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्—‘नेपालमा न्याय मर्याे, न्याय बिकी सक्यो, अपराधिहरु सिंहदरबारको सुरक्षा घेराभित्रै छन् ।’
मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताउदै उनले असोज ११ इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन् ।
संसाद संग्रौलाले निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले बर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबि गरिन् ।
सरकारले न्याय नदिदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता ब्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसंग‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् ।
‘दुइतिहाइको सरकारले ९ महिनामा के के गर्यो ? जनताको बांच्न पाउन अधिकार पनि कुण्ठित भएको र राज्यले भयावय स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो ? उनको प्रश्न छ ’
काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ ।
‘प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि बिबादीत एनजिओको बन्धक बन्न मिल्छ ?उनको प्रश्न छ ।
संबिधानको धारा ९१ क मा फरक—फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भनेपनि सरकारले संबिधान लल्याइएको उनको भनाइ छ ।
सरकारले प्रेस स्वतन्त्रता, न्याय पालिकामा पनि कब्जा गर्ने रणनीति असफल हुने उनको दाबि छ ।
अहिलेको दुइतिहाइ सरकारलाइ असफल हुने अधिकार नभएको भन्दै उनले सरकार संघीयताको कार्यान्वयनमा पनि चुक्दै गएको आरोप लगाइन् ।
उनले कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी उनले कांग्रेसलाइ ५ वटा सको आबश्यकता रहेको बताइन् ।
सडक,सदन,सत्याग्रह ,संगठन र सहमति नै कांग्रेस बलियो बनाउने सुत्र भएको उनको जिकिर छ ।
पार्टीमा उमेर हदबन्दी जरुरी नरहेको उनको भनाइ छ । उनले भनिन् —‘ उमेर ठूलो कुरा होइन,बिचार र नेतृत्व ठूलो कुरा हो ।’
प्रतिक्रिया दिनुहोस्