काठमाडौं, मंसिर १७ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नुसाटो निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।
सोमबार ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रमलाई सानो सुझाव– आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ईश्वरका छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्नोस् त ! प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे अरु झन्झटै पर्दैन ।’
यसअघि उनले एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र प्रधानमन्त्रीलाई दिइएको सम्मानबारे टिप्पणी गरेका थिए । आइतबार साँझ उनले यस विषयमा ट्वीट गर्दै भनेका छन्, ‘पुराना कमरेड चित्र ब केसीको उखान सापटी लिएर भन्दा– बिरालोलाई खास्टोले छोपे पनि आखिर म्याऊ गरिहाल्छ रे ! यस्तो सरकारी तामझामसहित एउटा धार्मिक एनजिओको कार्यक्रम गरेको त प्रमलाई असल नेतृत्व र सुशासन निम्ति करोड रु. भन्दा बढीको पुरस्कार दिन पो रहेछ १ ईश्वसका दूत भन्नेले भनेपछि मान्नै परो ।’
प्रतिक्रिया दिनुहोस्