कठमाडौं, मङ्सिर १३ । प्रदेश नं. २ का विभिन्न जिल्लाबाट हतियारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा जिल्लाको लहानबाट ५ लाख भन्दा बढी रकम चोरी गरी फरार रहेकी एक महिला चाईनिज पेस्तोलसहित पक्राउ परेकी छन् ।
लहान नगरपालिका वडा नं. ५ स्थित नयाँ बजारबाट रानी कुमारी सेकको घरमा काम गर्दै आएकी लहान नगरपालिका वडा ८ बस्ने ३० वर्षिय गीता मुसहर घरबाटै नगद ४ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेकी छन् ।
मुसहर सुनका विभिन्न गरगहना र ५ लाख मुल्यको बराबरको समानसहित लुकीछिपी बस्दै आएको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सुराकीको आधारमा फरार गीता मुसहरलाई ईलाका प्रहरी कार्यालय लहान सिरहा र ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको संयुक्त टोलीले खोजतलासको क्रममा सुरुङ्गा नगरपालिका वडा नं. ३ स्थित घौसी महुलियाबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
पक्राउ परेकी गीताको साथबाट सानो चाईनिज पेस्तोल (मेड ईन यूएसए) –१ थान, सोही बन्दुकमा लाग्ने खोका ३ थान (ब्ल्याङ्क), राउण्ड १ थान (मिस राउण्ड) र खुकुरी थान–१ समेत बरामद गरेको प्रदेश प्रहरी कर्यालयलले जनाएको छ ।
यता, अभियूक्त गीतामाथि प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
यसैगरी सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ४ बहुअर्वाबाट ४० वर्षिय लालबाबु रायलाई प्रहरीले हात–हतियारसहित पक्राउ गरेको छ ।
सर्लाहीका बहुअर्वा स्थित भित्री सडक खण्डमा रोकिराखेको बैलगाडामा हतियार लगिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गडहियाबाट गएको प्रहरी टोलीले बैलगाडा चेक जाँच गर्दा हातहतियार बरामद भएको हो ।
रायको बैलगाडामा परालले छोपी राखेको १ नाले १२ बोर बन्दुक बरामद गरी नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।
पक्राउ परेका लालबाबु राय र १२ बोर बन्दुकसहितलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ ।
त्यसैगरी बारा जिल्लाको प्रसौनी गाउपालिका वडा नं. २ बाट १ किलो गाँजासहित धर्मेन्द्र साहलाई पक्राउ गरिएकोद प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्