अब खाँचो विकास र सम्वृद्धिको

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम आउनेक्रम जारीछ । एमाले मुलुकको ठूलो पार्टी बनेको छ । मुलुक संघिय गणतन्त्रात्मक ढाँचामा गएकोछ । नयाँ नेतृत्वका साथ मुलुक अब सम्वृद्धि तर्फ अगाडी बढ्ने आकल गर्न सकिन्छ । निर्वाचनबाट प्राप्त जनादेशलाई अवलम्बन गर्दै मुलुकलाई राजनीतिक स्थायित्व कायम गरी स्थायी सरकार बनेमा ५ वर्षमा मुलुक सम्वृद्धि तर्फ उन्मुख हुनेछ । यसको लागि सहि नेतृत्वको आवश्यकता छ । निर्वाचनबाट प्राप्त जनादेशले स्थायी सरकार खोजेको छ । एकअर्काको खुट्टा तान्ने र सरकार ढाल्ने÷गिराउने प्रवृतीको अन्त भएको छ । ५ वर्ष सम्म एउटै पार्टीेलाई सरकराको नेतृत्व गर्ने जिम्मेवारी जनताले सुम्पेको छ । यस जिम्मेवारीलाई पुरा गर्नु अब बन्ने सरकारको चुनौती रहेको छ ।
बाम गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्दै गर्दा संविधान कार्यान्वयन र संघिय प्रदेशको व्यवस्थापन जस्ता थुप्रै चुनौतिहरु छन् । अब लोकतान्त्रिक पक्षधरलाई पनि मिलाएर लैजान सक्छ या सक्दैन यसले पनि नेपालको राजनीतिलाई गम्भिर रुपमा लिन सकिन्छ । सबै पक्ष संग सहकार्य गरि मुलुकलाई सम्वृद्ध बनाउने कुरामा एकमत हुन जरुरीछ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा भने कसरी कार्यान्वयन गर्दछन् त्यो समयले बताउला । भावि प्रधानमन्त्री समेतको दावेदार रहेका ओलीले आरोप प्रत्यारोप र खण्डन मण्डनका सिलसिला चुनावसँगै सकिएको जनाएका छन् । यसलाई व्यवहारमा उतार्न सक्नु नै प्रतिपक्षलाई मिलाएर लैजानु हो ।
अब राजनीति भन्दा विकासको एजेण्डाको खाँचोछ । अब राष्ट्रिय एकता कायम गरेर विकास र सम्मृद्धिको बाटोमा मुलुलाई लैजान आवश्यक छ । मुलुकलाई विकास र एकताको बाटोमा लैजान सबै मिलेर जानुको विकल्प छैन । बाम होस् या लोकतान्त्रिक गठबन्धन विकासलाई एकावद्ध रुपमा लैजानुमा नै जनताको भलाई हुन्छ । यदि एमाले लगायत वाम गठबन्धनले मुलुकलाई सम्वृद्ध बनाएमा फेरिपनि जनताले बामको खाँचोलाई औल्याउने छ ।
राजनीतिबाट दिक्क भएका नेपाली जनताले विकास र सम्वृद्धिको लागि स्थिर सरकारको खाँचो रहेको कुरा औल्याउदै पूर्ण बहुमत दिएको वामलाई संविधान कार्यान्वयन, संघिय प्रदेशको व्यवस्था, विकास र सम्वृद्धि, प्रतिपक्षलाई समेट्नु जस्ता चुनौती रहेको छ । पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले अबको ५ वर्षसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गरी सरकारको खबरदारी गर्नु नै विकास र सम्वृद्ध नेपाल बनाउनलाई सघाउ हुन जानन्छ । सबै राजनीतिक दलहरु हारजीतको राजनीतिलाई त्यागेर विकासमा नै एकावद्ध भई जानुको विकल्प छैन । विकास निर्माणलाई आफ्नो प्रमुख एजेण्डा बनाएर जनताको सेवा गरेमा फेरि जनताले विजयको माला पहि¥याने छ । विकास विरोधीलाई सजाय दिने पक्काछ ।
देशमा विकास निर्माणका कार्यहरु छिटो र छरिटो रुपमा सम्पन्न गर्नु, भ्रष्टाचार निर्मुल गरि समुन्नत राष्ट्र निर्माण गर्नु, औद्योगिक विकास गर्नु, युवाहरुलाई भरपुर उपयोगगरि राष्ट्र निर्माणमा लगाउनु, देशमा भएका प्रयाप्त स्रोत र साधनलाई उपयोग गरि विकासका मुल फुटाउनु आजको आवश्यकता हो ।
नागरिकको नैसर्गिक अधिकार र मानव अधिकारको रक्षा पनि विकास निर्माणको महत्वपूर्ण पाटो हो । जुन मुलुकमा राजनीतिक स्थायीत्व, मानव अधिकारको रक्षा र स्थायी शान्ति कायमभई गैर तत्व र पर निरभर्ताको अत्य हुन्छ, त्यपछि मात्र समुन्नत राष्ट्र निर्माणको बाटो खुल्छ ।
नेपालको विकासको सम्भावना प्रसस्त्रै छ । यहाँका हिमाल र धार्मिक स्थलको संरक्षण पर्यटनको विकास, वन जंगल, जडीबुटीको सम्वद्र्धन र प्रसोधन, जलस्रोतको उपयोग गरि विद्युतको विकास, कृषिमा स्तारोन्नती गरि व्यवसायीक कृषि व्यववसाय, दैनिक १५ सय भन्दा वढि विदेशिरहेका युवाहरुलाई व्यवसायीक तालिम सञ्चालन गरी रोजगार दिएमा सम्वृद्ध नेपाल बन्न धेरै समय पर्खनु पर्दैन । यसको लागि कुशल, निर्भिक र दुरदर्शी नेतृत्वको खाँचो छ । विकासको रेखांकन कोर्ने योग्यता र क्षमता भएका व्यक्तिले मात्र यो मुलुकको फेरिपनि नेतृत्व गर्न सक्नछन् यसमा दुइमत छैन । सम्वृद्ध नेपाल निर्माणको लागि नागरिक खबरदारीको पनि उत्तिकै जरुरतछ ।

प्रतिक्रिया दिनुहोस्