नेकपा सचिवालय बैठक कुनै निर्णयबिनै सकियो

काठमाडौं,६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक भोली पुन बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा महासचिव विष्णु पौडल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ रहेको समितिले पार्टी एकतालाई अन्तिम रुप दिने गरी तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त प्रतिवेदनमाथि शुक्रबार बस्ने बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्