प्रधानमन्त्री ओलीले आज पनि मन्त्रायलयको कार्य प्रगतिको समीक्षा गर्दै

काठमाडौं, ६ मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पनि विभिन्न मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्ने भएका छन् ।
उनले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि, अर्थ, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुद मन्त्री र सचिवसँग छलफल गर्न लागेका हुन् ।
सरकारले पनि नागरिकको अपेक्षा र आफैँले गरेका प्रतिवद्धता अनुसार काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगतिको समिक्षा गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबार पूर्वाधार विकाससँग सम्बन्धित मन्त्री र सचिवसँग छलफल गर्दै प्रगति विवरण मागेका थिए ।
छलफल सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्