बिहान ३ बजे उठ्ने भोजराजको यस्तो छ, जीवनी

काठमाडौं । भोजराज सिवाको जन्म वि.स.२०२२ वैशाख ७ गते संखुवासभा जिल्ला, माल्टा गाविसमा भएको हो । उनले सरस्वती निम्न माध्यमिक विद्यालयबाट निम्न माध्यमिक तहको शिक्षा लिए भने २१ वर्षको उमेरमा हिमालय माध्यामिक विद्यालयबाट प्रवेशिका परिक्षा पास गरे । त्यस लगतै उनी उच्च शिक्षा अध्ययनको शिलसिलामा काठमाडौं आए । ठमेलको सरस्वती क्याम्पसबाट उच्च शिक्षा सुरुवात गरी आई कम् सम्मको शिक्षा पुरा गरे ।
३३ वर्ष अघि एसएलसी पास गरेर काठमाडौं आउदा न्यून आर्थिक अवस्थाका कारणले उनले नेपाल एयरलाईन्स्मा जागिर खाए । त्यस कार्यालयमा कर्मचारीले लगाएको पोशाकको आकर्षणले उनलाई सटिङ्ग सुटिङ्ग व्यवसायप्रति आर्षित ग¥यो । नेपाल एयरलाईन्स् समेतको जागिर छाडी उनले मकालु टेलरबाट आफ्नो व्यवसाय सुरुवात गरे । उनी यो आफ्नो पुर्खाैली पेशा हो भन्न पनि हिचकिचाउदैनन् ।
एयरलाइन्स्को जस्तो प्रतिष्ठित ठा“उको जागिर किन छोड्नु भयो भन्ने प्रश्न गर्दा स्थायीको लागि राम्रो भन्दा हाम्रो मानिस हनुपर्ने भएकाले भनि उत्तर दिन्छन् उनी । नेपाल एयरलाईन्स्मा ७ वर्षसम्म अस्थायी जागिर गरेका उनी अहिले काठमाडौमा सटिङ्ग सुटिङ्ग व्यवसाय गर्दै आएका छन् । उनले मानव विज्ञानलाई पनि नजिकबाट नियालेका छन् । साथै जीवन विज्ञानका प्रशिक्षक पनि हुन् ।
उनी बिहान ३ बजे नै उठी सक्छन् भन्दा कसैलाई विश्वास नलाग्न सक्छन । तर उनी बिहान ३ बजे उठ्छन् आफ्नो नित्यकर्म गरि १ घण्टा ध्यान गर्छन र ५ बजे भृकुटीमण्डप साधनाको प्रशिक्षणतिर लाग्छन् । त्यहांं उनी करीब २ घण्टासम्म प्रशिक्षण कार्यमा व्यस्त रहेपश्चात घर पुगी खानपान गरी आफ्नो व्यवसाय तर्फ लाग्छन् । उनी व्यवसायका साथै अन्य धेरै धार्मिक, समाजिक तथा व्यवसायीक संघ÷संगठनमा आवद्ध रहेकाले दिन भरि व्यस्त रहन्छन् । बिहान चाडै उठ्नु पर्ने भएकाले बेलुका करिब साढे ९ बजे उनी सुतिसक्छन् । उनको दैनिकी कुनै मन्त्री वा सचिव भन्दा कमछैन ।
नेपाल एयरलाईन्स्को जागिरे जीवन छोडी मकालु टेलरबाट आफ्नो व्यवसाय सुरु गरेका सिवा अहिले काठमाडौंको पुतली सडकमा सुट बैंक नामको सटिङ्ग सुटिङ्ग व्यवसायमा व्यस्त छन् । उनको सेवाप्रति सन्तुष्ट भएरै होला व्यवसाय पनि फष्टाएको । उनको पसलमा आउने ग्राहकहरु एक पटक सेवा लिएपछि अधिकांश अन्यत्र नजाने गरेको व्यवसायीहरु बताउछन् । २५ वर्षदेखि यस व्यवसायमा समर्पित भएका सिवा आफ्नो व्यवसायप्रति सन्तुष्ट छन् । अती नै मिहेनती र मिलनसार स्वभावका व्यवसायी सिवा भन्छन्, “इमान्दार र मिहेनत गरेमा कुनै पनि काम असम्भव छैन । व्यवसायमा पनि सफल हुन सकिन्छ । सबैको भलो र सफलताको कामना गर्नु पर्छ । सबैको विश्वास लिनु पर्दछ पक्कै एक दिन सफल हुन सकिन्छ । जीवन र विज्ञानलाई बुझ्न सक्नु पर्दछ । त्यो नै मानवता हो ।”
व्यवसायको अवस्था कस्तो छ भनि सोधिएको प्रश्नमा उनले यस व्यवसायमा अस्वस्थ प्रतिपर्धा रहेको कुरा औल्याए । उनी भन्छन्, “म २५ वर्षदेखि यस पेशामा छु । पहिलो त हाम्रो पुर्खौली पेशा पनि हो । तर पहिले व्यवसायीक थिएन । हाल यसलाई व्यवसायीक रुपमा सञ्चालन गरिएको छु ।” उनी आफूले काठमाडौंमा आएर व्यवसाय सुरु गरेको परिस्थिति भन्दा अहिले धरै फरक भएको र व्यवसायमा उतारचडाब आएको बताउछन् । उनी भन्छन्,“यस व्यवसायप्रति मानिसको गहन जिम्मेवारी छ, हरेक मानिसको व्यक्तित्व बाहिरी आबरण पोशाकले नै पहिचान गर्ने भएकाले यसलाई अति नै संवेदनशिल भएको हो ।” यस व्यवसायलाई व्यवस्थित गर्न धेरै कुरा ख्याल गर्नुपर्ने उनी बताउछन् । राज्यले नै यसलाई व्यवसायीक र व्यवस्थित गर्नुपर्ने उनको तर्क छ ।
जीवन विज्ञान आध्यात्मिक अभियानमा दखल भएका सिवाले व्यवसायीलाई सरकारले व्यवस्थित गर्न नसकेको र मानिसको अज्ञानताले गर्दा यस्तो अस्वस्थ प्रतिपर्धा भएको बताए । यस व्यवसायलाई राम्रो र सबैलाई सहज वातावरण बनाई सञ्चालन गर्न रुचाउछन् उनी । अरुलाई तल झार्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सबैलाई अगाडी बढ्न प्रोत्सहान गर्नुपर्ने उनको बुझाईछ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा यस्तो किसिमको प्रतिष्पर्धा र उतारचडावलाई सहज रुपमा लिनुपर्ने बताउदै उनले यसलाई व्यवस्थित गर्दै लैजानु आजको टट्कारो आवश्यकता भएको कुरा औल्याए ।
उनी जागिरे भन्दा पनि व्यवसायी बन्न आग्रह गर्छन् । जागिरमा इमान्दार र प्रतिभाले मात्र हुदैन, त्यो क्षेत्र पनि मेरो र हाम्रो प्रथाले जरो गाडेको बताए । त्यसैले आफुले ७ वर्ष सम्म गरेको अस्थायी जागीर चटक्क छाडी व्यवसायमा लागेको बताउछन् ।
जीवन विज्ञान आध्यात्मिक अभियानमा लाग्नु भन्दा पहिले पैसा बिना केही हुदो रहेनछ भन्ने भ्रम थियो उनीमा तर, जीवन विज्ञानमा लाग्नु पूर्व पैसाका लागि कुनै वित्तिय संस्थामा काम गर्ने ,पैसा कमाउने इच्छा थियो । तर जब म जीवन विज्ञानमा लागे तब अरुको रक्षाका लागि काम गरौ, समाजको लागि काम गरौ भन्ने सोच पलायो । दुःख भएका मानिसलाई रोजगारको लागि पहल गर्ने, सुख र शान्तिको लागि काम गर्ने गरेको छु । यसको लागि अभियान चलाएको छु । सुख कसरी संम्भव छ, जीवन के हो, मानव के हो, मानव जीवनलाई कसरी सुखमय बनाउन सकिन्छ भन्ने कुराको चुरो खोजी यसको प्रचार अभियानमा लागेको छु ।
उनी आफू व्यवसायी नै भएता पनि अहिले सु्ख शान्ति के बाट प्राप्त हुन्छ, शुद्ध मान्छे कसरी बन्न सकिन्छ भन्ने कुरामा केन्द्रित भएका छन् । मानिसको लवाई खुवाई भन्दा पनि आत्म चोखो हनुपर्ने उनी बताउछन् ।
राम्रो लवाई र खुवाई बहिरी देखावटीले मात्र मानव जीवनको मुल्याङ्गन गरिन्छ । भौतिक सुख हुदैमा जीवनमा सुख मिल्छ भन्नेमा संसार लागेको छ, त्यो सरासर गलत कुरा भएको उनको बुझाईछ । हेर्नका लागि यो फेसनले अत्यन्तै ठूलो भूमीका खेलेतापनि भित्रि व्यक्तित्व खराब भएमा त्यसको तुक नरहेको उनले बताए । भौतिक संसारमा मिठो खाने, राम्रो लगाउने र मस्तीले हिड्ने भन्ने मात्रैछ । त्यस भित्रका राम्रा र नराम्रा कुरामा मानिसको ध्यान गएको पाईदैन । क्षणिक रमाइलो मात्रै चाहिरहेको छ । यसलाई परिर्वतन गर्न देशमा जीवन विज्ञान, आत्मज्ञान जस्ता आध्यात्मीक संस्था खुलेका छन् यसमा केन्द्रीत हुन सबैलाई आग्रह गर्छन् उनी ।
आफू सामाजिक अभियन जीवन विज्ञानमा लागेपछि मात्र मानव के हो र यसको अस्तित्व कसरी कायम राख्नु पर्दछ भन्ने कुरा बुझेको उनी बताउछन् । आध्यात्मले मात्र व्यक्ति ,समाज, समुदाय, देश र सिंगो संसार नै परिवर्तन गर्न सक्ने उनको ठहरछ ।
उनी अरुण सृजनशिल समाजका अध्यक्ष, मकालु टेलर प्रा.लि.का अध्यक्ष एवं सुटबैंक एण्ड डिजाइन प्रा.लि.का अध्यक्ष, नेपाल कपडा तथा सिलाई संघ काठमाडौंका सल्लाहकार, लायन्स क्लबका सदस्य, परिवार सेवा समाज सचिवालय सदस्य लगायत धेरै संघ संस्थामा आवद्ध छन् । यसरी रहेक संघ संस्था एवं अभियानमा संलग्न भई काम गरेको अनुभव भएका सामाजीक अभियन्ता सिवा सार्थक जीवनको लागि जीवन विज्ञान आध्यात्मीक ज्ञान सबैलाई धारण गर्न अपिल गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्