केपी शर्मा ओलीको सचिवालयमा हेरेफेरः कसले के को जिम्मेवारी पाए ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । अब राजेश बज्राचार्य ओलीको प्रमुख स्वकीय सचिवमा रहनेछन् ।

राजेश बज्राचार्य ललितपूरका एमाले कार्यकर्ता हुन् । उनले अध्यक्षको प्रमुख स्वकीय सचिव तथा निवास व्यवस्थापनको जिम्मा पाएका हुन्।

यसैगरि अनिस दाहाल स्वकीय सचिवमा नियुक्त भएका छन् । दाहालले संसदीय दल र विकास योजनाहरुको संयोजन गर्ने जिम्मा पाएका छन् ।

एमाले अध्यक्ष ओलीको तर्फबाट प्रेस सल्लाहकारको जिम्मा प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पत्रकार चेतन अधिकारीले पाएका छन् ।
ओलीले पार्टी केन्द्रीय सदस्य देवराज घिमिरेलाई पार्टी अध्यक्षको तर्फबाट बिभिन्न पार्टीनेता र पार्टी कार्यालयबाट हुने कार्य सम्पादनको जिम्मेवारीमा तोकेका छन् । ओलीको सचिवालयले जारी गरेको प्रेस नोटमा यही टिम नै अध्यक्षको आधिकारिक सचिवालय रहेको प्रष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्