नारदमुनि रानासंग आरजु देउवा राणा पराजित

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका सभापति पत्नी तथा उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् ।

त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् । राणा ४ हजार ८८० मतले हारेकी हुन् ।

तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । उनले ६ हजार ४६४ मत पाएका छन् । उनी टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका हुन्

प्रतिक्रिया दिनुहोस्