लालबाबु पण्डितले भने- नेकपाभित्र मौरीजस्तो एकता हुनुपर्छ’

काठमाडौं , कात्तिक १९ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टी्भित्रको एकता मौरी जस्तो हुनुपर्ने बताएका छन्।
प्रेस चौतारी र प्रेस सङ्गठन मोरङद्धारा आयोजित कार्यक्रममा उनले गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र पार्टीले गति लिने बताए।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले चाडपर्वले नेपालीलाई एकतामा बाँध्ने गरेको बताए।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले समाज बदल्नमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै कलम अझै परिस्कृत होस् भने।
प्रतिक्रिया दिनुहोस्