आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित !

काठमाडौँ, असोज २४ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । यसअघि गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार फेरि बैठक बस्ने निर्णय गरेको थियो ।
तर शीर्ष नेताको कार्यव्यस्तताको कारण देखाउँदै बैठक असोज २७ गतेसम्मका लागि स्थगित गरिएको हो । बुधबार बस्ने भनिएको बैठकमा स्थायी कमिटिको बैठकको मिति तय गर्ने तथा पार्टीको आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल हुने तयारी थियो ।
बैठक स्थगित गर्नुको कारण नेताहरुको कार्यव्यस्तता भनिए पनि असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आक्रोस शान्त होस् भन्ने चाहका साथ बैठक पर धकेलिएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्