नेता वामदेव गौतमकाका लागि सांसद रामवीरको राजीनामा दिने घोषणा

काठमाडौं, २३ असोज । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा सार्वजनिक भएको छ ।

पार्टीले नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन आग्रह गरेकाले उनले राजीनामा गर्ने घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे ।

सांसद मानन्धरले विकास निर्माणको कामलाई नेता गौतमले सहज ढंगले अघि बढाउने भएकाले आफूले पदबाट राजीनामा दिने तयारी गरेको पनि दावी गरे । नेता गौतम काठमाडौं ७ बाट सांसद बने जनताको सम्मान हुने पनि उनको तर्क छ ।

सांसद मानन्धरले नेता गौतमले आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जित्ने दावी पनि गरे । जनताको माझमा गएर पार्टीले काम गरेकाले सो क्षेत्रमा निर्वाचन जित्न कठिनाई नहुने उनको भनाइ छ । सांसद मानन्धरले देशको विकासका लागि पार्टीको निर्णय अनुसार आफूले विना सर्त पदबाट राजीनामा दिएको पनि पटक(पटक दोर्होयाए ।

प्रतिनिधिसभाको निर्वाचनमा नेता गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । गौतमलाई सांसद बनाउन लागेकोमा सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी ९नेकपा० को आलोचना पनि सुरु भएको छ । मानन्धरले पदबाट राजीनामा दिएपछि उपनिर्वाचनमार्फत गौतमलाई सांसद बनाउने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को योजना छ ।

प्रतिक्रिया दिनुहोस्