नेकपाको सचिवालय बैठक बस्दै, आन्तरिक मतभेदसहितका विषयमा केन्द्रित

काठमाडौं, असोज २१ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजेका लागि बोलाइएको छ ।
सचिवालयको बैठकले स्थायी कमिटिको बैठककोमिति तय गर्ने बताइएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीबिच गएको शुक्रबार भएको भेटमा भएको छलफल अनुसार आइतबार सचिवालयको बैठक बस्न लागेको हो ।
पार्टी भित्र पछिल्लो समय गम्भीर मतभेद देखिएको र त्यो सर्वाजनिक रुपमा बाहिर आउन थालेपछि बस्न लागेको सचिवालय बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सचिवालय बैठकमा पार्टी एकतालाई मजबुद बनाउनेसहित समसामयिक राजनीतिक परिवेशबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । नेकपाले पार्टीका प्रदेश कमितिको नेतृत्व चयन गरिसकेको छ ।
तर व्यवस्था अनुसार प्रदेशको नेतृत्व स्थायी कमिटिले छनौट गर्नु पर्ने भए पनि सचिवालय त्यसमा पनि दुई अध्यक्ष ओली र प्रचण्डको निर्णयमा भएको भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही स्थानीय कमिटि सदस्यले असन्तुष्टि जनाउँदै आएका छन् ।
यस्तै सरकार सञ्चालनमा पनि पार्टीमा छलफल नभएको भन्दै नेताहरु असन्तुष्ट छन् । यी सबै विषयमा आइतबारको सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्