काठमाडौं, असोज २० । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंंहले सरकार संघीयता कार्यान्वयन गराउन उदासिन रहेको बताएका छन् ।
सत्तारुढ दलका नेता तथा मुख्यमन्त्रीहरु समेतले संघीयताबारे असन्तुष्टी जाहेर गर्नुले सरकार यसमा गम्भीर छैन भने प्रस्ट भएको बताए ।
शनिबार विहान काठमाडौंको भोटेबहालमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले सरकार शान्तिसुरक्षा कायम गर्न पुर्ण रुपमा असफल भएको आरोप लगाए ।
आफुहरुले शान्ति सुब्यवस्था कायम गर्न मंहगी नियन्त्रण गर्न संघीयता कार्यान्वयका ऐन कानुन निर्माण गर्न दिएको सुझावलार्इ समेत बिपक्षीले सरकारको आलोचना गर्न मात्र यसो भनेको भन्ने प्रधानमन्त्रीको हल्का टिप्पणी आउने गरेको कुराले सरकार दुई तिहाईको दम्भ देखाउन मात्र उद्धत रहेको बताए ।
सरकारका गतिबिधि बिधिको शासन कायम गरेर जनभावना अनुरुप काम गर्नतर्फ उद्धत नदेखिनु मुलुक झन जटिल समस्यामा फस्दै जाने त्रास बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्