माधव नेपाल चीन जानुअघि सिंगापुरबाट प्रचण्डले के भने ?

काठमाडौं, असोज १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बढ्दै गएको विवाद अन्त्यका लागि सिंगापुरमा रहेका पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच फोनवार्ता भएको छ।
सरकार र पार्टीको पछिल्लो गतिविधि तथा पार्टीभित्र मौलाउँदै गएको आन्तरिक विवादका विषयमा प्रचण्ड र नेपालबीच वार्ता भएको नेपाल निकटका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए।
पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्डले आइतबार नेपालसँग फोनवार्ता गरेका हुन्। नेता नेपालले आफू विदेशमा रहेको समयमा प्रदेश नेतृत्व चयन गरिएकोप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
सचिवालयको निर्णयलाई स्थायी समितिबाट अनुमोदन हुनुपर्नेमा सचिवालयले अन्य समितिहरुलाई ओझेलमा पारेको नेपालको गुनासो छ।
प्रतिक्रिया दिनुहोस्