कांग्रेसमा उमेरहदको कुराः पदाधिकारीका लागि ७० वर्षको मापदण्ड
काठमाडौं, असोज १३ । नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ ।
सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन् ।
विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाब दिइएका छन् ।
प्रतिक्रिया दिनुहोस्