एकिकृत सहुलियत मुल्यको पसल आजदेखि सञ्चालनमा, हेर्नुहोस् (मुल्य सूचिसहित)

काठमाडौं, १२ असोज । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी एकिकृत सुपथ मुल्य पसल आजदेखि सञ्चालनमा ल्याईएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा उपभोक्ताहरुलाई खाद्य पदार्थमा केहि सहुलियत होस् भनि साल्ट ट्रेडिङ्ग कर्पाेरशन लिमिटेड, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले संयुक्त रुपमा एकिकृत सहुलियत मुल्यको पसल शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । जहाँ उपभोक्तहरुले बाहिर बजारमा भन्दा केहि सहुलियत दरमा खाद्य बस्तुहरु खरिद गर्न सक्छन् ।
रामशाहपथस्थित नेशनल ट्रेडिङ परिसरमा आज एकिकृत सहुलियत मूल्यको पसलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भए पनि सहुलियत प्रदान गर्न यस्तो पसल सञ्चालनमा ल्याईएको बताउनुभयो ।
मन्त्री यादवले विभिन्न बहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाई नभएको बताउँदै उपभोक्तालाई गुणस्तरीय, स्वस्थ र मिसावट रहित उपभोग्य सामग्री बिक्रि वितरण गर्न आग्रह गर्दै मिसावट गर्ने व्यापारीलाई कारवाही गर्न कानून निर्माण भइसकेको कुरा स्मरण गराउनु भयो । चाडपर्वबाहेक अन्य समयमा पनि आम व्यापारीले सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो । “ऐन तथा नियमको परिधिभित्र रहेर नाफा आर्जन गर्न पाइन्छ, गुणस्तरीय सामग्री बिक्री वितरण गर्नुपर्छ, चाडपर्वको मुखमा कालोबजारी गर्न पाइँदैन, बजारलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ,उहाँले भन्नु भयो ।” चाडबाडका क्रममा उपभोग्य सामनको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्ने प्रवृत्ति निरुत्साहित गर्ने काममा सरकार कडारुपमा प्रस्तुत हुने प्रस्ट्याउनु भयो ।
उपभोग्य सामग्रीको अभाव र कृत्रिम मूल्यवृद्धि नहुने दाबी गर्दै उहाँले आम उपभोक्तालाई ढुक्क हुन आग्रह गर्नुभयो । “कसैले कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि गरेको पाइएमा सम्बन्धित निकायमा खबर गर्नुस्, आम उपभोक्ताको साथमा सरकार छ, मन्त्री यादवले भन्नुभयो ।” सहुलियत मुल्यका पसल अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने सरकारको योजना भएको बताउनुभयो ।
आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सहुलियत दरमा गुणस्तरीय सामग्री उपलब्ध गराउन र कृत्रिम अभाव सिर्जना हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उहाँले मुलुकभर ४७ स्थानमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइएको जनकारी दिनुभयो । उपभोक्ताहरुलाई खादान्त तथा उपभोग्य सामाग्रीहरु अभाव, सुपथ मुल्यमा र सर्व सुलभ रुपमा उपलब्ध गराउनको लागि निजिक्षेत्रसंग पनि सकारात्मक संवाद भईरहको खुलासा गर्नुभयो ।
चिनि उत्पादन संघका अक्ष्यक्ष शशिकान्त अग्रवालले चिनि उत्पादन मुल्यमा प्रति केजी ११ रुपैया नोक्सान भए पनि भ्याट सहित ६५ रुपैया प्रतिकेजी मुल्यमा विक्रि गर्दै आएको दावी गरे । उनले हाललाई यस मुल्यमा वृद्धि नहुने बताउँदै सरकारले चिनी उत्पादनलाई सहज वातावरण बनाई दिन आग्रह गर्नुभयो ।
साल्ट ट्रेडिङ्ग कर्पाेरशन लिमिटेडका महाप्रबन्धक उर्मीला श्रेष्ठ चाड पर्वलाई लक्षित गरि हरेक वर्ष सुपथ मुल्यको पसल सञ्चालन गर्दै आएकोमा पछिल्ला केहि वर्षदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरशन लिमिटेड, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलेको एकिकृत रुपमा घुम्ति पसल समेत सञ्चालन गर्दै आएका जानकारी दिनुभयो । त्यस बाहेक रासायनिक मल, एलपी ग्याँस, कृषि उत्पादनमा समेत थप लगानी बढाउँदै गएका बताउनुभयो ।
त्यस्तै उपत्यकामा तीन वटा ‘मोबाइल भ्यान’ मार्फत पनि सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराइएको छ । आजदेखि सञ्चालन भएका सहुलियत मूल्य पसल आगामी कात्तिक २७ गतेसम्म चल्नेछ । सरकारले विसं २०६६ देखि जनतालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सहुलियत मूल्य पसलबाट साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले आकर्षक छुटमा उपभोग्य सामग्री उपलब्ध गराएका छन् । चामल, दाल, गेडागुडी, फापरको पीठो र खसी, बोका, भेडा तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट दिइएको छ । डिडिसीले घ्यूमा प्रतिकिलो रु. ५० छुट दिइएको छ ।
मुल्य सूचि:
 मुल्य सूचि

प्रतिक्रिया दिनुहोस्