नवनियुक्त राजदूतहरूले राष्ट्रपति पौडेल समक्ष शपथ लिए
काठमाडौं, २ मंसिर । नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
चार देशका लागि नवनियुक्त रातदुतहरुले आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारहोमा पाकिस्तानका लागि नियुक्त भएका रीता धिताल, कतारका रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्