हुम्ला जिल्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।

 

लामा ४७ मतले कांग्रेसलार्इ पछि पार्दै विजयी भएका हो । कलम चिन्हमा चुनाव लडेका लामा विजयी भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले पुष्टि गरेका हुन् ।

लामाले ८४९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मंगलबहादुर शाहीले ८४४४ मत ल्याएका छन् ।

यस्तै वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमिदोर्जे लामाले २७ सय मत पाएका छन् ।

माओवादीले टिकट नदिएपछि एमाले(माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका छिमिदोर्जेविरुद्ध छक्क लामाले वागी उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्