गुट–उपगुट अन्त्य गर्न नेतृत्वलाई कांग्रेस कार्यकर्ताको सुझाव

कठमाडौं , असोज १० । नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीमा रहेका गुट–उपगुट अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
इलाममा सञ्चालन गरिएको विधान मस्यौदामा सुझाव संकलन कार्यक्रममा सहभागी कांग्रेस कार्यकर्ताले जनमत हुँदाहुँदै पनि नेतृत्वमा देखिएको गुटबन्दीका कारण पार्टी पछाडि परेको भन्दै त्यस्ता गुट र उपगुट अन्त्य गर्न सुझाव दिएका हुन् ।
इलाम, झापा, पाँचथर र ताप्लेजुङका कार्यकर्ता सहभागी कार्यक्रममा उनीहरुले गुटबन्दीकै कारण गत निर्वाचनमा पार्टीले हार बेहोर्नुपरेको गुनासो गरे । उनीहरुले सबै क्षेत्र, वर्ग, लिंग र समुदायको प्रतिनिधित्व र अपनत्व हुने गरि विधान निर्माण गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा ४ जिल्लाका केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति र भ्रातृ संघसंगठनका प्रमुख गरी करिब तीन सय नेता कार्यकता सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्