परराष्ट्रमन्त्री कृष्णबहादुर महराद्वारा चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावासको उदघाटन

बेइजिङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङ स्थित नेपाली महावाणिज्य दूतावास कार्यालयको उद्घाटन गरेका छन् ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्रीले आइतबार गुआङदोङमा आयोजना गरिएको एक विशेष कार्यक्रममलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चीन सरकार र गुआङदोङको प्रान्तीय सरकारलाई धन्यवाद व्यक्त गरेका हुन ।
परराष्ट्रमन्त्री महराले यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलाई यसले झन प्रगाढ बनाउने र वाणिज्यका क्षेत्रमा झन सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए ।

गुआङदोङसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यो कार्यालय स्थापनापछि आर्थिक एवम् व्यापारिक गतिविधि थप विस्तार हुने समेत बताए ।

गुआङदोङमा झन्डै दुईसय नेपाली व्यापारीहरु विभिन्न व्यावसायमा संलग्न रहेका छन् । उनीहरुले महावाणिज्य दूतावास खुलेसँगै नेपाली व्यापारीलाई आइपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्