विष्फोट जिम्मा लियो विप्लव ले, आजदेखि विष्फोट हुँदैन

काठाडौं । निर्वाचनको मुखमा विभिन्न स्थान तथा व्यक्तिहरुलाई लक्षित गर्दै श्रृखलावद्धरुपमा वमविष्फेट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माआृवादी गरेको प्रहरीले दावी गरे लगतै नेत्रविक्रम चन्द ‘विप्लव विष्फोटका घटनाको जिम्मेवारी लिएका छन् । उनले आजबाट बम विष्फोट नगर्ने समेत जनाएको छ । बम बिष्फोटनलाई चुनावको प्रतिरोधको संज्ञा दिंदै पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम बन्द हुने जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले सञ्चारमाध्यममा नै भने ‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव खारेजी अभियानको नेतृत्व हामीले गरेको हुनाले सबै घटनाको जिम्मा हामी लिन्छौं ।’

बम विष्फोटनमा एक म्यादी प्रहरीको मृत्यु भएको तथा निर्दोष सर्वसाधारण तथा उम्मेदवारहरुको ज्यान लिने प्रयास भएको सन्दर्भमा कुनै आत्मालोचना गरेनन् ।

उनले वम विष्फोटनका घटनामा भगौडा सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको स्वीकार गरे । उनले भने– ‘हिजो प्रचण्ड र वर्षमान पुनहरुकै आह्वानमा जागिर छाडेर जनयुद्धलाई सघाएका सेना प्रहरीलाई भगौडा भन्न मिल्दैन । उनीहरु अहिले प्रतिरोध अभियानमा छन्, बम विष्फोटनका घटना भएको र आज देखि रोकिने बताए ।

प्रतिक्रिया दिनुहोस्