काठमाडौं, असोज ४ । संविधानको विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीको लम्कीमा जन सरकार गठन गरेको घोषणा गरेको छ ।
संविधान जनताको हितमा नरहेको भन्दै लामो समयदेखि संघर्षरत विप्लव समूहले संविधान दिवसकै दिन जन सरकारको घोषणा गरेको हो ।
पार्टिका सक्रिय कार्यकर्ता “विकास” को नेतृत्वमा १३ सदस्यीय लम्कीचुहा नगर स्तरीय जन सरकारको गठन गरी घोषणा गरेको बताइएको छ ।
नवगठित स्थानीय जन–सरकारले जनताको हितमा स्थानिय सरकारको काम गर्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टीको देशब्यापी कार्यक्रम अन्तर्गत संगठन विस्तारको क्रममा कैलाली जिल्लाको ऐरिया नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा पार्टीले गर्ने आन्तरिक रणनिति तय गर्नुका साथै जनपक्षीय काममा लाग्न आफ्ना कार्यक्रतालाई निर्देशन समेत दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्