अछामको चौरपाटी गाउँपालिका, ५ कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

अछाम । अछामको चौरपाटी गाउँपालिका, ५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

झडप नियन्त्रणमा लिनका लागि प्रहरीले तीन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा र एमालेका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको प्रत्यक्ष दर्शिले बताएका छन् । ।

झडपमा तीन जना घाइते भएको बताइएको छ । घाइतेको पूर्ण विवरण आउन सकेको छैन । मतदाताहरु स्थानीयवासीको घरमा लुकेर बसेको बताइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले उक्त मतदान केन्द्रमा हवाइ गस्ती गरिरहेको छ । अहिले स्थिति शान्तिपूर्ण छ ।

 

प्रतिक्रिया दिनुहोस्