न्हु पुखु एभेन्यु (पार्क) को उद्घाटन, नेपाल–स्विट्जरल्यान्डबीचको सहकार्यलाई थप सुदृढ बनाएको छ: नगरप्रमुख महर्जन

न्हु पुखु एभेन्यु (पार्क) को उद्घाटन, नेपाल–स्विट्जरल्यान्डबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा
काठमाडौं, २० कार्तिक ।  स्विट्जरल्यान्ड सरकारको सहयोग तथा सहकार्यमा ललितपुरको लगनखेलमा निर्माण गरिएको न्हु पुखु एभेन्यु (पार्क) को उद्घाटन भई सञ्चालनमा आएको हो ।

पार्कको उद्घाटन नगर प्रमुख चिरीबाबु महर्जन र स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्दे्र पेजले संयुक्त रूपमा गरेका हुन् । सो पश्चात पार्क पूर्णरुपमा सञ्चालनमा आएको छ ।
ललितपुर महानगरपालिकाको सहकार्यमा ले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‘न्हु पुखु एभेन्यू’ निर्माणले शरको सौन्दर्य बनाएको छ । सो पार्क स्विस सरकारको आर्थिक र प्राविधिक सहयोग निर्माण भएको हो ।

‘न्हु पुखु एभेन्यू’ नाम दिइएको यस सार्वजनिक स्थललाई स्विट्जरल्याण्ड र नेपालबिचको अटुट मित्रताको प्रतीकको रूपमा लिइएको प्रम्ख महर्जनले बताए ।
महानगरका अनुसार यो पार्कको कुल निर्माण लागत दुई करोड २५ लाख रहेको छ । पार्कको क्षेत्रफल २ रोपनी चार आना रहेको छ । यो पार्क वडा नं.५ मा पर्दछ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले पार्क स्विट्जरल्याण्ड र नेपालका नागरिकबिचको सम्बन्धको प्रतीक भएको बताए । उनले भने, ‘नेपाल र स्विट्जरल्याण्डबिच दौत्य सम्बन्ध स्थापित भएको ७० वर्षको अवसरमा स्विस सरकारबाट पार्क बनाउने प्रस्ताव आयो, त्यसलाई हामीले स्वीकार गर्‍यौँ, जुन ठाउँमा आज तपाई हामी छौँ ।’ यसले आपसरी सहयोग र सद्भाप कायम गरेको उनले बताए । उनले नचाहिने संरचनालाई हटाएर यहाँ पार्क बनाएको बताउँदै उनले यो पार्कलाई महानगर र महानगरवासीले आफ्ना सन्तानको स्याहार सुसार गरेझैँ गरी स्याहार गर्ने बताए । नेपाल भ्रमण दोहोर्‍याएर गर्न स्विस परिषद्का अध्यक्ष पियरे आन्दे्र पेजको प्रतिनिधिमण्डललाई निम्ता दिए ।

उनले भने, ‘नेपाल एक पटक आएर पुग्दैन फेरि आउनुस् त्यतिबेला यहाँका अन्य पोखरीमा पनि पानी भरिभराउ हुनेछन् , रातमा जुनकिरी आउनेछन् । ’

स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्दे्र पेजले ललितपुर महानगरलाई धन्यवाद दिँदै नेपालमा जस्तै स्विट्जरल्याण्डमा पनि धेरै हिमाल भएको बताउँदै यो पार्कले दुई देशबिचको सम्बन्धलाई प्रगाढ बनाएको बताए । नेपाल दोहोर्‍याएर आउन इच्छुक भएको बताउँदै पेजले भरिएको पोखरी हेर्न नेपाल आउने प्रतिबद्धता व्यक्त गरे ।

परियोजनाले स्थानीय पूर्वाधार विकास, सहरी सौन्दर्यीकरण तथा नेपाल–स्विट्जरल्यान्डबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा ललितपुर वडा नं.५ का अध्यक्ष विकासमान श्रेष्ठसहित स्थानीय प्रतिनिधि तथा स्विट्जरल्यान्डका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

परियोजनाले स्थानीय पूर्वाधार विकास, सहरी सौन्दर्यीकरण तथा नेपाल–स्विट्जरल्यान्डबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्