एमाले मधेस विरोधी दलका रुपमा स्थापित भइसक्यो : प्रचण्ड

कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएका बताउँदै उनले ओलकै कारण मधेसका जनता एमालेप्रति रुष्ट रहेको उनले बताए । कलैयामा आयोजित साक्षात्कारमा उनले भने, ‘एमाले मधेस विरोधी दलका रुपमा स्थापित भइसक्यो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताए । उनले भने, ‘यसपटक सोचेअनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकताअनुसार गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्