काठमाडौं, भदौ ३१ ।सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।
सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो ।
पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको छ,’ पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्