११५, ११० र १०५ वर्षका वृद्धाहरुले मतदान गर्दै भने देशमा शान्ति र विकास ल्याउनेलाई भोट

कञ्चनपुर । कञ्चनपुरक शुक्लाफाँटा नगरपालिका ११५, ११० र १०५ वर्षका वृद्धाहरुले मतदान गर्दै देशमा शान्ति र विकास ल्याउनेलाई भोट दिन आग्रह गरेका छन् । छौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया वृद्धा जंगलीदेवी चौधरीको मतदान गरेको छनु । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।

उहाँका नाति जितबहादुर चौधरीले बोकेर उहाँलाई मतदान केन्द्रसम्म पु¥याई थिए । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको गरेका छन उनले । मतदानपछि वृद्धा चौधरीले बताउ“देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उनले भने, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।”

जस्तै १०५ वर्षका तुलसीदेवी ऐरले शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले पनि विकास गरी देशलाई समृद्धिमा पु¥याउने उम्मेदवारलाई मतदान गरेको बताए ।
उहाँका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताए । सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गरेका छन्। सबै सर्ब वृद्धाहरुले शान्ति र विकास नै चाहेका छन् ।

मतदान गर्न आइपुग्नुभएका वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताउनुभयो । उहाँका बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उहाँलाई मतदान गराउन ल्याइएको बताउनुभयो । नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गर्नुभएको छ । उहाँलगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताउनुभयो । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्