आफैले आफुलाई मतदान गर्न पाउँदा खुसी र गर्व: स्वतन्त्र उमेदवार लामा

काठमाडौं । वरिष्ठ कम्युनिष्ट नेता निर्मला लामाका छोरा तथा काठमाडौं क्षेत्र नंं. ७ का स्वतन्त्र उमेदवार निमा फेन्जो लामाले अमृत इन्ग्लिस बोर्डिङ्ग स्कुलको मतदान गरेका छन् ।
भोट हालेपछि उमेदवार लामाले प्रतिक्रिया दिदै भने काठमाडौमा विरासतत कायम राख्न आफुनो उमेदवार हो । आफैले आफुलाई मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको बताए । उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने र समृद्धीको यात्रामा मुलुक अघि बढ्ने पनि बताए । उनले चुनावमा सहभागी हुन अपिल पनि गरे ।

प्रतिक्रिया दिनुहोस्