नेकपाको प्रदेश र जिल्ला कमिटी पुनरगठनको नयाँ मापदण्ड पेश
काठमाडौं, २७ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा प्रदेश र जिल्ला कमिटी पुनरगठनको नयाँ मापदण्ड पेश भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा पार्टी महासचिव विष्णु पौडेलले वरिष्ठता र योग्यतालाई आधार बनाइ पार्टी स.गठन विस्तार गर्ने लगायतका मापदण्ड पेश गरेका हुन् । मापदण्ड अध्ययनका लागि सचिवालय सदस्यहरुलाई दिइएको छ र भोलिको बैठक अन्तिम रुप दिने पार्टी स्रोतले जनाएको छ ।
भोलि दिउसो ३ बजे बसने बैठकले मापदण्डलाई अन्तिम रुप दिनुका साथै प्रदेश कमिटी गठन गर्ने एक नेताले जानकारी दिए ।
नेताहरुका अनुसार प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो लगाइनेछ । ‘अहिले कार्यदलले जसरी सिफारिस गरेको छ, त्यो स्वीकार गर्ने अवस्था छैन’ एक नेताले भने, ‘मापदण्ड तोक्छौं र त्यसअनुसार भए नभएको हेर्छौं ।’
पार्टी एकता भएको महिनौं हुँदा पनि टुंगो लगाउन सकिएको छैन । भाका सार्ने काम मात्र भएको छ ।
प्रतिक्रिया दिनुहोस्