नेकपाको प्रदेश र जिल्ला कमिटी पुनरगठनको नयाँ मापदण्ड पेश
काठमाडौँ, २७ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी एकता, संगठन विस्तार, सरकारको काम–कारबाही, तथा पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो ।
पार्टी सचिवालयका अनुसार बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा पार्टीको पुनरसंगठा विस्तार, तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही, पार्टी भित्रको आन्तरिक छलफल रहको पार्टी स्रोतले जनाएको छ ।
केन्द्रीय स्तरको पार्टी एकता भएता पनि हालसम्म पनि दुवै पार्टीको सांगठनिक एकता हुन सकेको छैन । यसलाई अन्तिम रुपम दिन विभिन्न चरणमाा छलफलहरु भईरहेको छ । केन्द्रमा नेकपाको प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा अझै टुंगिएको छैन । जसले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अन्योलको अवस्था सिर्जना भएको छ ।
सरकारको काम–कारबाहीको समीक्षा पनि आजको बैठकमा हुने कुराकानी र पार्टी नेतृत्वको विषयमा पनि छलफल हुने एक नेताले बताए । सरकारका मन्त्रीको कार्यसम्पादनलाई लिएर पछिल्लो समय नेकपाभित्रै असन्तुष्टि चुलिदै गएको छ ।
मन्त्रीहरुको काम सन्तोषजनक नभएको भन्दै जिम्मेवारी परिवर्तन गर्न पनि नेकपाभित्र बहस शुरु भएको छ ।
दुईतिहाई सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोले सरकारको चर्काे आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस्