काठमाडौं, २४ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्ता समेत हनन् हुनेगरी सबै संवैधानिक निकायलाई समेत निकम्मा बनाउने काममा लागिपरेको भन्दै आपत्ति पनि जनाए।
उनले न्यायालयलाई समेत हस्तक्षेप गरेर मुुलुकमा हुकुमी शासन चलाउन सरकार लागिपरेको पनि दोहोर्याए । आज वीपी कोइरालाको १ सय ५ औं जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले वीपीको जीवन दर्शनबाट सिकेर कम्युनिष्ट नेतृत्वको सरकारको जनता विरोधी कदम रोक्न एकतावद्ध हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रेस स्वतन्त्रताको समेत हनन् गरिरहेको आरोप लगाउँदै सरकारको चर्को आलोचना गरे ।
मूल्यवृद्धि लगायतका काम गरेर सरकारले नागरिकलाई मारमा पार्ने काम गरेको उपसभापति निधिको दावी छ । कार्यक्रममा नेपालको राजनीतिमा वीपी कोइरालाको चिन्तनले पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्