यस्तो दिए राष्ट्रपति र प्रधानमन्त्रीले निर्वाचनबारे सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउने भएकाले उल्लासमय रुपमा मतदानमा सहभागी हुन अपील गरेका छन् ।

दोस्रो चरणको निर्वाचनको सन्दर्भमा अपील जारी गर्दै राष्ट्रपति भण्डारीले यो निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभई आर्थिकरसामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो भनेकी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अन्त्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको उल्लखे गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको निशामा अघि बढ्ने बताएकी छिन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।

उनले चुनावमा लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भनेका छन् । स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पनन भएसँगै मुलुकका राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने उल्लेख गरेका छन् ।

सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत् गरिएका सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्