मतदानपछि नेता शेखर कोइराला के भन्छन् ,
काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अधिनायकवाद नेपालमा सम्भव नभएको बताएका छन् । विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत गर्दै देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए ।
कोइरालाले भने, ‘लोकतन्त्रलाई विश्वास गरेर २००७ सालदेखि लागि लडेका हुन् नेपाली जनता त्यसकारण अधिनायकवाद सम्भवै छैन नेपालमा ।’ संविधान जारी भएपछि पहिलो पटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्ने कोइरालाले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्