मेक्सिकोमा ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

 

 

 

दक्षिण मेक्सिकोमा आज बिहान शक्तिशाली भूकम्पले आएको छ । ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट त्यहाँको सरकारी अधिकारीहरूको अनुसार कम्तिमा पाँचजनाको मृत्यु जनाकारी गराएका छन् ।

जापानबाट करिब ८७ किलोमिटर टाढा ३३ किलोमिटर मुनि पर्ने दक्षिण–पश्चिम सहर पिजीसमुद्रमा इपिसेन्टर रहेको भूकम्पका कारण मेक्सिको लगाएत एलसाल्भाडोर, पानामा, कोस्टारिका, ग्वाटेमाला, निकारागुवा, र होन्डुरसमा पनि ठुलो धक्का भएको छ र प्यासिफिक सुनामी वार्निङ सेन्टरले ३ मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

भूकम्पको ठुलो धक्काका कारण अधिकांश मानिस घरबाट सडकमा निस्किएका थिए । उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्