३ लाख रुपैयाँसहित बामगठबन्धनका ३ जना कार्यकर्ता पक्राउ

काठमाडौं । मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि पैसा, भोजभतेरदेखि विभिन्न चलखेल हुने गरेको छ । यसरी चलखेल निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् ।

मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् ।

निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएकोछ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् ।

ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा पोखरिया गइरहेका उनीहरुको साथबाट ३ लाख नगद फेला परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्