नेता पौडेलले भने– प्रधानमन्त्री केपी ओलीको काम भन्दा बढि बोली मात्रै देखियो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढि कुरा गर्न थालेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाललाई अहिले सामान्य सामान्य विकास चाहिएको तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिडेका बताए । वरिष्ठ नेता पौडेलले भने– प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखिएको छ ।
वरिष्ठ नेता पौडेलले बर्तमान सरकारले ठुला आयोजना र काम सुरु भएका आयोजनाहरुलाई अलपत्र पारेर नालायकीपन देखाएको बताए । पौडेलले भने– ‘तनहुँका गाँउ गाँउमा धेरै बाटाहरुको डिपिआर भएको थियो । तर चुनावका बेलामा चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो ।
त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके ।
व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौ । त्यो काम पनि अलपत्र परेको छ ।’ नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधारहरु भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तीको विकास भएको बताए ।
उनले ७० वर्षदेखि टुंगो लाग्न नसकेको व्यवस्थाको टुंगो लागेको बताउदै अब मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने बताए । मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको बताए ।
प्रतिक्रिया दिनुहोस्