मध्यरातमा राजेन्द्र महतो बाहिर निस्किय पछि कांग्रेसमा खैलाबैला

काठमाडौं । प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनको मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतो मध्यरातमा बाहिर निस्किय पछि कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ।

राति सवा ११ बजे भएको झडपका क्रममा राजपाका केही कार्यकर्ता समेत घाइते भएको राजपाले जानकारि दिए ।

कांग्रेसका युवा नेता राकेशविक्रमले उम्मेदवार महतोले मौन अवधिमा मदतादालाई पैसा बाँड्न गएको आरोप लगाउँदै आफूहरुले लखेटेको बताए। राजपा नेता खानले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको बताए।

जनकपुरको संकटमोचन, बाह्रबिघा नजिकको घरमा डेरा गरी बसेका महतो आफ्ना कार्यकर्तासहित मंगलबार राति बाहिर निस्केका थिए। सुरुमा जनकपुर १६ को कपिलेश्वरमा जाँदा पनि कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको र जनकपुर सहरभित्र छिरेर एक जना डेन्टल अस्पतालका मालिकलाई भेटेर निस्कँदा पनि ढुंगामुढा गर्ने क्रममा झडप भएको खानले बताए। महतोलाई भने सकुशल छन्।
धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्