पश्चिम सेती माथिल्लो तामाकोशी मोडेलमा बन्नुपर्छ : सभापति देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेता जलविद्युत् आयोजना माथिल्लो तामाकोशी मोडेलमा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । शनिबार ट्वीट गर्दै देउवाले पश्चिम सेती आयोजना नेपाली लगानीमै बन्नु पर्ने धारणा राखेका हुन् ।
चिनियाँ कम्पनी थ्री गर्जेजले बनाउन अस्वीकार गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा अन्तिमपटक मौका दिने बन्दै छलफलका लागि बोलाएका थिए ।
बुधबार ऊर्जा मन्त्रालय र थ्री गर्जेजका प्रतिनिधिबीच भएको छलफलका क्रममा पनि आफूले बनान नसक्ने अडान राखेको थियो । ऊर्जामन्त्री वर्षमान पुनले भने नेपालमा स्थिर सरकारको कारण लगानीको वातावरण बनेको र निर्माण सागाग्रीको मूल्य घटेकाले बनाउन आग्रह गरेका थिए ।
सरकारले बजेट भाषणमा ७ सय ५० मेगावटाको जलाशययुक्त आयोजना नेपाली लगानीमै बनाउने घोषणा गरेको थियो । तर प्रधानमन्त्रीको चीन भ्रमणपछि फरि थ्री गर्जेजलाई बनाउन दिने आशय व्यक्त गरेपछि देउवाले विरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्