चौथो बिमस्टेक सम्मेलन : प्रधानमन्त्री ओलीले भने-‘विमस्टेक सार्कको विकल्प होइन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले (बिमस्टेक) दक्षिण एशियाली सहयोग संगठन (सार्क) को विकल्प नभएको बताएका छन् । उनले विमस्टेकले सार्कको विकल्प नभई पुरक रहन्छ भन्ने विश्वास आफूले लिएको बताए ।

काठमाडौंमा सुरु भएको चौथो बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘ विमस्टेकले सार्कको विकल्प होइन पुरक रहन्छ भन्ने म विश्वास गर्छु । यही नै हाम्रो वाचालाई यथार्थमा रुपान्तरण गर्ने समय हो ।

बिमस्टेकलाई विश्वले चासोका साथ हरेरिरहेको उल्लेख गर्दै ओलीले जनसङ्ख्या र अर्थतन्त्रको विशालताले बैठकले गर्ने निर्णयले विश्वव्यापी प्रभाव कायम गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्