विमस्टेक मन्त्रीस्तरीय बैठकः विभिन्न समझदारीमा हस्ताक्षर,के- के मा भए त ?
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को मन्त्रीस्तरीय बैठकले अन्तर्रा्ष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शुन्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रीहरुको सहभागीता रहेको उक्त १६ औं मन्त्रीस्तरीय वैठकमा आयोजक राष्ट्रको हैसियतमा नेपालका विदेश मन्त्रीको अध्यक्षता ग्रहण गरेका थिए । वैठकपछि पत्रकारहरुलाई वितरण गरिएको वक्तव्यमा वैठकका मुख्य कामकारबाहीको विवरण प्रदान गरिएको छ ।
वैठकको अध्यक्षता गरेको नेपालका विदेश मन्त्री प्रदिप ज्ञावलीले प्रारम्भमा विमस्टेक कस्तो सस्था हो भन्ने आफ्नो धारणा राखेका थिए । त्यसपछि उनले वैठकमा गरिबी, भोक, पछौटेपन, असमानता, प्राकृतिक प्रकोप, वातावरणीय विनास, आतकंवाद, सगठित अपराध, गैरकानुनी ड्रग्स र मानव तस्करीको चुनौतीमा प्रकाश पारे ।
ज्ञवालीले विमस्टेकले आफ्ना सहकार्यका क्षेत्रहरु विस्तार गर्नुभन्दा वर्तमान क्षेत्रमा गहिरो समझदारी विकास गर्नुपर्नेमा जोड दिए ।वैठकमा विमस्टेकका महासचिवले प्रस्तुत गर्नु भएको रिपोर्टमा छलफल गरिएको थियो ।
महासचिवद्वारा प्रस्तुत रिपोर्ट मुख्यत आवश्यक संरचनाहरु गठन गर्ने, कानुनी फ्रेमवर्क लागु गर्ने, परियोजनामा आधारित सहकार्य शुरु गर्ने तथा सामथ्र्य विकास तथा ज्ञान बाढ्न सहजता विकास गर्ने र सदस्य राष्ट्रहरुबीच विभिन्न तहमा सामथ्र्य सम्पर्क र विनियमको विकास गर्ने भने कुरामा केन्द्रित थियो ।
मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा पनि तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनु भयो । बैठकले काठमाडौं घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताउनु भयो ।
बिहिबार (भोली) प्रधानमन्त्री केपी ओलीले विमस्टेकको चौंथो शिखर सम्मेलन उद्घाटन गर्दैछन् । सम्मेलनमा भाग लिन विमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्