नेको इन्स्योरेन्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं,३० कात्तिक । नेको इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत कम हो । गत आ.व. को सोही अवधिसम्ममा इन्स्योरेन्सले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३.३३ प्रतिशत बढेको छ । त्यसैगरि, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.९९ प्रतिशत बढेको छ भने कुल खर्च ७.४५ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ४९ पैसा घटेर १४ रुपैयाँ १ पैसा झरेको छ । पहिलो त्रयमासको अन्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६७.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७९ रुपैयाँ ८१ पैसा रहेको छ ।

२ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब १३ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्