संवैधानिक संकटवाट मुक्त पाउन प्रदेश र संघको निर्वाचन मंसिरमा हुनुपर्ने नेता पुन

 

 

  • पाल्पा –माओवादी केन्द्रका नेता वर्षमान पुनले देशमा संवैधानिक संकटवाट मुक्त पाउन प्रदेश र संघको निर्वाचन मंसिरमा हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा नेता पुनले संवैधानिक संकटवाट मुक्त पाउन देशलाई जोगाउन पनि मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको बताउनुभयो ।

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने पनि पुनले बताउँनु भयो । असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उहाँको दाबी छ ।

सहि र मर्यादितरुपमा असोजको अनि मंसिरको निर्वाचन सफल गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारक्षेत्रका लगायत सबै क्षेत्रको सहयोग चाहिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्