माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई पिक्का पारेको अध्यक्ष किरातीको आरोप

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई पिक्का पारेको आरेप लगाएका छन् ।
शनिबार माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले जनयुद्धले उचाइमा पु¥याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि पुनः फिक्का भएको बताए । “प्रचण्डले माओवादीलाई एमालेकरण मात्रै गराउनु भएन उहाँले राष्ट्रिय हित विपरित काम गर्न अझ बलियो आधार पनि दिनु भएको छ, विगारेका हाम्रो मुल्य, मान्यता र आदर्शलाई हामीले पुनः गौरवताका निम्ति काम गर्नुपर्ने छ” किरातीले भने
आफू संस्कृति मन्त्री हुँदा पशुपतिनाथमा नेपाली पुजारी ल्याउने हिम्मत गरेको तर प्रचण्डले भारतीय पुजारी राख्नु पर्नेमा लागेको आरोप लगाए ।

उनले प्रचण्डको चरित्र विस्तारै उदांगो भएको समेत बताए ।
एक अर्को प्रसंगमा अध्यक्ष किरातीले सरकार जनविरोधी मात्र नभएर राष्ट्रिय हित विपरित कममा अभिमुख हुँदै गएकोले निकट भविष्यमा अर्को ठूलो आन्दोलन हुने दाबी समेत गरे ।

राजनीतिक विश्लेषक तथा वाम वुद्धिजीवि प्रा।डा। गोपाल सिवाकोटीले नेपालमा अहिलेसम्म भरपर्दो परराष्ट्र नीति नबनेको बनेको बताए । उनले अहिलेका शासकहरुले भन्ने गरेको नीति परराष्ट्र नीति नभएर रणनीति भएको धारणा राखे ।
कार्यक्रममा बोल्दै सिवाकोटीले वर्तमान सरकार अघिल्ला सरकारभन्दा आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर हुँदै गएको दाबी गरे । चीन र भारतबाट ७१ प्रतिशत सहयोग भएको र नेपालको १६१ ओटा मुलुकसँग कुटनीतिक सम्बन्ध भएको र जुन २९ प्रतिशतको लागि मात्रै यति धैरै देशसँग गर्नु अर्थिक बोजका हिसाबले फाइदा जनक नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भरत र चीनसँग राम्रो सम्बन्ध भएको भन्ने भनाई लगत भएको बताउँदै डा. सिवाकोटीले भने, “चिनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने चार वर्षदेखिको कसरत के भयो रु लिपुलेकको के भयो रु भारतीय छत्रछाँयामा नेपाली सेनालाई पुनामा तालिम किन रु यस्ता प्रश्नले नेपालको चीनसँगको सम्बन्ध कस्तो छ प्रष्ट भएको छ ।” उनले भारतीयहरुले कोशस् व्यारेज सुरक्षार्थ भन्दै सेना नेपालमै राख्न अनुमतिपत्र आएको र कतै यो सरकारले भोलि गएर त्यो अनुमति पनि दिन सक्ने गम्भीर आशंका पनि व्यक्त गरे ।

राजनीतिक विश्लेशक डा।केवी रोकायाले नेपालको वर्तमान शासकहरु प्ूराना भन्दा पनि गएगज्रेका भएको र उनिहरुसँग देश र जनताको पक्षमा काम गर्ने भन्दा विदेशीलाई खुशी पारेर अर्थोपार्जन गर्ने दाउतिर अभिमुख भएको आरोप लगाए । रोकायाले नेपालमा आएको धर्म निरपेक्षता पनि विदेशीको डिजाइनमा भएको ठोकुवा समेत गरे ।
वर्तमान सरकारले कर्मचारीको तलब तथा आफ्नो नेता तथा कार्यकर्ता पाल्न निम्ति अनावश्यक जनताको ढाडमा करको बोझलगायतका जनविरोधी कामले जनता आक्रोशित भएको बताउँदै डा। रोकायाले भने, “यस्तो जनविरोधी सरकार ढाल्न अब देशमा ठूलो आन्दोलन हुन्छ, त्यसको नेतृत्व म र सुरेन्द्र केसी जस्ताले गर्ने छौं, किन कि राजनीतिक दलप्रति जनताको विश्वास उडिसक्यो ।”
कार्यक्रममा प्रा।डा।सुरेन्द्र केसीले २१ औं शताब्दिको प्रराष्ट्रनीति परनिर्भर नभएर अन्तर निर्भर हुनपर्ने बताए । नेपालको विदेश नीति समुन्द्रीय, आर्थिक अन्तरनिर्भर मुलक पञ्चशीलको धारमा हुनुपर्ने आवश्यकता भएपनि विदेशी रिजाउने र व्यक्तिगत फाइदा लिने किसिमले नीति बनाइएको बताउँदै केसीले भने, “मुखमा समाजवाद भन्ने विदेशीलाई फाइदा हुने, देशलाई टाट पल्टाउने नीति छ यी शासकको ।”

माओवादी केन्द्रका महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कर्णजित बुढाथोकीले वर्तमान सरकारले समाजवादको नारा दिएर आफ्नो खिल्लि आफै उडाएको बताए । उनले सरकार नै माफियाहरुको चङ्गुलमा पसेको आरोप लगाए ।

पूर्वएमाले र नेपाली कंग्रेसले १० वर्षे जनयुद्धले देशलाई पछाडि धकेलेको आरोप लगाउने गरेको र त्यो आफ्ना पूर्वसहकर्मीहरु बादल, बाबुराम तथा जनार्दनले राम्रो काम गरेर झुट्टा सावित गरिसकेको बताए । साथै, महासचिव बुढाथाकीले आफूहरुले २०४८ सालमा संघीयता, धर्मनिरपेक्षत, समावेशी तथा समानुपतिक मुद्ध उठाएको स्मरण गर्दै सो माग उति नै समयमा पूरा गरेको भए यत्रो ठूलो बलिदान नहुने बताए ।
बुढाथोकीले जनताको ठूलो बलिदानीबाट अहिलेको परिवर्तन आएको तर सरकार त्यसलाई भुलेको बताउँदै भने, “हामीले ठूलो बलिदानी गरेर अहिलेको परिवर्तन आएको हो । फेरिपनि हामीलाई कम अक्दै हेप्ने हो भने विप्लव र वैद्य कमरेडसँग एकता गरेर सरकारलाई पाठ सिकाउन तयार छौं ।”

प्रतिक्रिया दिनुहोस्