वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्दै

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका डोल्पाका नेकपा सांसद धनबहादुर बूढालाई राजीनामा गर्न लगाई गौतम उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सांसद बन्न लागेका हुन्।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचारअनुसार प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित गौतमलाई संसदमा ल्याउन नेकपाका दुवै अध्यक्षले ‘ग्रीन सिग्नल’ दिएपछि उनका लागि पर्यटन राज्यमन्त्री बूढाले बाटो खुला गरिदिन लागेका हुन्।  राज्यमन्त्रप् बूढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका पुगेर नागरिकलाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी गरेका छन्।

स्रोतका अनुसार उनले भदौ १२ मा राजीनामा दिने तयारी गरेका छन्। त्यसको पुष्टि उनले मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबार पुगेका जिल्लाका प्रदेशसभा सांसद, पूर्वमन्त्री नरबहादुर बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, केही गाउँपालिका अध्यक्षसँगको छलफलमा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्