७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन नेकपा सचिवालयको निर्देश
काठमाडौं, ५ भाद्र । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयले प्रदेश र जिल्ला तथा स्थानीय तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्ला तथा स्थानीय तहमा गठित कार्यदललाई अन्तिम समयका भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको
हो ।
यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा आज अन्तिम समयसीमा तोकि पुन निर्दे छ ।
प्रदेश, जिल्ला तथा स्थानीय तहमा गठित समितिले तोकिएको समयमा सिमा भित्र प्रतिवेदन बुझाउन नसक्दा पार्टी एकिकरणलाई अन्तिम रुप दिन ढिलाई भईरहेको छ ।
नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ । प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेका लागि निर्धारण गरिएको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन आएका अन्य प्रदेशमा समितिको सङ्ख्या टुङ्गिए पनि नेतृत्वका लागि सहमति भई नसकेका हकमा विवाद मिलाएर वा मिल्न बाँकी भनी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बताउनुभयो । तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच गत जेठ ३ गते एकता भई नेकपा घोषणा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्