ओली सरकारविरुद्ध उत्रियो कांग्रेस, बुटवलमा बृहत्त विरोध प्रदर्शन
काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध बुटवलमा बृहत्त विरोध प्रदर्शन गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहले बढाएको करको बिरोधमा सडकमा उत्रिनुपरेको नेपाली काँग्रेस बुटवल उपमहानगरापलिकाका सभापति खेलराज पाण्डेयले बताए ।
उनले साग विक्रेता देखि विद्यार्थी समेतलाई कर लगाएपछि सर्वसाधारणहरु मर्कामा परेको बताए । प्रदर्शनकारीले कर बृद्धिको विरोध गर्दै नारा लगाएका थिए । प्रदर्शनपछि काँग्रेस नेताहरुले बुटवल उपमहानगरपालिका पुगेर ज्ञापन पत्र बुझाएका छन् । बुटवलको अस्पताल लाइनमा भेला भएका काग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरु नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए ।
केहीबेर प्रर्दशन गरेपछि नेताहरुले कर बृद्धि फिर्ता लिन माग गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै सुवेदीले बाहिर हल्ला भएजस्तो कर बृद्धि नभएको र कहिकतै नमिलेको भए सच्याउन सकिने बताए । बुटवल नगरपालिकोले फोहरदेखि साग बिक्रेता समेतलाई ३ सय प्रतिशत सम्म कर बृद्धि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्