भारतबाट १९ अर्बको विद्युत् आयात, अनि हुँदैन त व्यापार घाटा
काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले यही भदौ १ गते वार्षिकोत्सव मनाउँदैछ । पछिल्लो दुई वर्षमा प्राधिकरणले आर्थिक अवस्थामा राम्रै सुधार गरेको छ । तर आर्थिक वर्ष २०७४-७५ मा मात्रै प्राधिकरणले रु १९ अर्ब बराबरको विद्युत् भारतबाट आयात गरेको छ । नेपालमा रहेको ऊर्जा संक समाधान गर्न का लागि भारतबाट उत्तः परिमाणको विद्युत् आयात गरिएको हो ।
हिउँदको समयमा बढी मात्रामा विद्युत् आयात हुँदा व्यापार घाटा समेत बढ्न गएको छ । इन्धन खरिदमा मात्रै नेपालको ठूलो धनराशी खर्च हुने गरेको अवस्थामा प्राधिकरणले समेत थप रकम भारत तिर नै पठाएपछि नेपालको व्यापार घाटा करिब करिब बजेट बराबर नै हुन पुगेको छ ।
इन्धनको आयातको अवस्था र बिजुलीको समेत मात्रा जोडिएपछि व्यापार घाटाको मात्रा बढेको हो । प्राधिकरणकाअनुसार लोडसेडिङ हटाउन गत आर्थिक वर्ष ०७४-०७५ मा भारतबाट रु १९ अर्ब २७ करोड बराबरको विद्युत् आयात भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा पनि रु १६ अर्ब बराबरको विद्युत् आयात भएको थियो ।
प्राधिकरणले औसत प्रतियुनिट ७ रुपैयाँ ४७ पैसामा २ अर्ब ५८ करोड रुपैयाँको बिजुली आयात गरेको जनाएको छ । प्राधिकरणले माग र आपूर्तिबीच सन्तुलन मिलाउन अघिल्लो आर्थिक वर्ष ०७३÷०७४ मा भारतबाट रु १६ अर्ब को २ अर्ब १७ करोड युनिट बिजुली भारतबाट खरिद गरेको थियो । विद्युत्को बढ्दो माग र हिउँदमा खोला तथा नदीमा पानीको मात्रा घट्दा विद्युत् आयात बढाउनु परेको प्राधिकरणको दावी छ । नदी प्रवाही जलविद्युत् आयोजनाका कारण हिउँदको समयमा नेपाल भित्र विद्युत् उत्पादन कम हुने गरेको छ ।
प्राधिकरण र निजी क्षेत्रले उत्पादन गर्ने कूल जडित क्षमता ११०० मेगावाट पुगेको भएपनि हिउँदमा त्यसको ४० प्रतिशत मात्रै उत्पादन हुने गरेको छ ।
प्राधिकरणले अघिल्लो वर्षको तुलनमा गत वर्ष ४१ करोड युनिट बिजुली बढी आयात गरेको जनाएको छ । विद्युत्को माग बढ्दा प्राधिकरणले भारतबाट ५०० मेगावाटको हाराहारीमा विद्युत् खरिद गरिरहेको छ । विशेष गरी एनभीभीएन, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार लगायतका निकायबाट प्राधिकरणले विद्युत् खरिद गरिरहेको छ । माथिल्लो तामाकोशीलगायत , चिलिमे जलविद्युत् कम्पनलिे निर्माण गरिरहेका केही ठूला आयोजना निर्माण सम्पन्न नहुँदासम्म भारतबाट विद्युत् खरिद गर्नुपर्ने बाध्यतामा प्राधिकरण रहेको छ ।
कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने भनिएपनि भारतीय ठेकेदार कम्पन िटेलम्याकोले काम नगर्दा समस्या भएको छ ।
यस्तै १११ मोवाट क्षमताको रसुवागढी र साञ्जेन र तल्लो साञ्जेन तथा निजी क्षेत्रका केही आयोजनाले विद्युत् उत्पादन सुरु गरेपछि भने भारतबाट विद्युत् आयात गर्नुनपर्ने प्राधिकरणको भनाइ छ । तर हिउँदमा भने ती आयोजना सम्पन्न भएपनि भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्ीथा भने रहने नैछ । वर्षाको समयमा विद्युत् खेर जाने भएपनि हिउँदको समयमा भने विद्युत् अपुग हुने भएकाले अझै दुई वर्षजति भारतबाट हिउँदको समयमा विद्युत् खरिद गर्नुपर्ने हुन सक्छ ।
आन्त्रिक उत्पादन वृद्धि नगरीकन ऊर्जामा आत्मनिर्भएर बन्न नसकिने अवस्था रहेको छ । सरकारले आगामी तीन वर्याभित्र तीन हजार मेगावाट, पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाइृ साथ दिने गरी विभिन्न जलविद्युत् आयोजना निर्माणको चरणमा भएपनि ती आयोजना कहिले सकन्छिन् भन्नेमा केही बताउन सकिने अवस्था भने रहेको छैन ।
आन्तरिक ऊर्जाको माग सम्बोधन गर्नका लागि प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई उपलब्ध गराउने र हिउँदमा आवश्यक पर्दा लिने रणनीति अगाडि सारेको छ । त्यसलाई उसले इनर्जी बैंकिङको अवधारणा भनेको छ । इनर्जी बैंकिङमा नेपाल र भारतबीच करिब करिक सहमति भइसकेको छ । यसै वर्षपनि प्रसारण लाइनको अभावका कारण ४० मेगावाट बराबरको विद्युत् खेर गएको छ । त्यसलाई व्यवस्थापन गर्ने चुनौती प्राधिकरणका सामु रहेको छ ।
प्रतिक्रिया दिनुहोस्